मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले राससलाई जानकारी दिए ।

Advertisement
ADVERTISEMENT

उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाइ अदालतमा छ जनालाई नै पेस गरेको थियो ।

गत पुस १० गते ‘फ्लाई दुबई’बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी भेपभित्र सुन तस्करी गरी ल्याएका र व्यापारिक प्रयोजनका लागि अवैध ढङ्गले ल्याएको भनी उक्त ‘भेप’ जफत गरिएको थियो । सोही सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेको भन्दै प्रहरीले छ जनालाई पक्राउ गरेको थियो । रासस

शेयर गर्नुहोस:

243
Shares