मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

किशोरीलाई अश्लील फोटो खिचाएको आरोपमा बीबीसीका एक कर्मचारी निलम्बित

किशोरीलाई अश्लील फोटो खिचाएको आरोपमा बीबीसीका एक कर्मचारी निलम्बित


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

लण्डन । बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ ।

यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताएका थिए ।

Advertisement

बीबीसीका एक प्रस्तोताले आफ्नो बच्चालाई तीन वर्षको अवधिमा ४५ हजार अमेरिकी डलरभन्दा बढी रकम तिरेको ती युवतीकी आमालाई उद्धृत गर्दै द सन पत्रिकाले जनाएको छ ।

गत मे महिनामा भुक्तानी सुरु हुँदा १७ वर्षका भनिएका ती युवतीको परिवारले बीबीसीमा उजुरी गरेपछि पनि प्रस्तोता एक महिनासम्म प्रसारणमा आएको दाबी गरिएको छ । बीबीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘पहिलो पटक मे महिनामा उजुरीबारे थाहा पाएको’ पुष्टि गरेको छ ।

“बिहीबार हामीमाथि फरक प्रकृतिको नयाँ आरोप लगाइएको छ र हाम्रो आफ्नै सोधपुछका अतिरिक्त हामी हाम्रो प्रोटोकलअनुसार बाह्य अधिकारीहरूसँग पनि सम्पर्कमा छौं,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “आरोपित कर्मचारीका रूपमा काम गर्दै आएका एक पुरुष सदस्यलाई निलम्बन गरिएको छ ।”

बीबीसीले भनेको छ, “यो जटिल तर द्रूत गतिमा चलिरहेको परिस्थिति हो र उचित अर्को कदमहरूलाई सही तरिकाले सूचित गर्न सकियोस् भनी बीबीसीले यथाशीघ्र तथ्यहरू स्थापित गर्न काम गरिरहेको छ ।”

बीबीसीले ‘कुनै पनि आरोपलाई गम्भीरतापूर्वक लिएको’ र ‘यस्ता आरोपहरूको सक्रियतापूर्वक सामना गर्न बलियो आन्तरिक प्रक्रिया’ रहेको बताएको छ । एएफपी

शेयर गर्नुहोस:

297
Shares