मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु : प्रधानमन्त्री

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु : प्रधानमन्त्री

k|wfgdGqL k|r08 – ;Daf]wg kf]v/f, !% c;f/ M u08sL k|b]z ;/sf/ d’VodGqL tyf dlGqkl/ifbsf] sfof{no kf]v/fåf/f cfof]lht cGt/k|b]z d’VodGqL a}7s–@)*)sf] ;dfkg sfo{qmdnfO{ ;Daf]wg ug{‘x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले आफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्चअधिकारीलाई पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ‘ब्रेक थ्रु’ नै हुनेवाला रहेको बताए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानबारे भारतसँग पनि कुरा भएको र कोरला नाका सञ्चालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने उनले जानकारी दिए । भेटघाटमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

Advertisement
ADVERTISEMENT

बजारमा भारतीय रुपैयाँको विनिमय दर घटेको बताउँदै उहाँले यो समस्या लामो समय रहे मुद्रास्फिति अझ बढ्नसक्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीगो सञ्चालनको लागि नेपालको पूर्वतिर भएका हवाइ रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलङ्का एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगङ्गा जलविद्युत् परियोजना निर्माण, प्रशारण लाइनको उचित व्यवस्थापनलगायतका माग गरे । मित्रराष्ट्र चीनको राजकीय भ्रमणको क्रममा एयरपोर्टको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उहाँले उद्योगी व्यवसायीको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउने, कोरला–त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्यपहाडी राजमार्ग निर्माणलाई गति दिन पनि उनले माग गरे । हरेक प्रदेशमा सो क्षेत्रका मौलिक उत्पादनको प्रवर्द्धनको लागि कोसेली घर निर्माण हुनुपर्ने धारणा राख्दै उनले पोखरा उद्योग वाणिज्य सङ्घले कोसेली घर निर्माणको सोच बनाएको जानकारी दिए ।

शेयर गर्नुहोस:

0
Shares