मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

405
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरूङलाई मंगलबार बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

प्रहरीले त्यस विषयमा विशेष अपरेसन चलाइरहेको जनाएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशङ्कामा थप केही व्यक्ति पनि खोजी गरिरहेको उनले जानकारी दिए ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो ।

निजी क्षेत्र त्रसित

भाटभटेनीले मालपोत कार्यालयमा गएर उक्त जमिन नियमानुसार किनेको दाबी गरेको छ । उक्त जमिन खरिद बिक्रीमा कैफियत थियो भयो मातपोत कार्यालयले किन जग्गा किन्न स्वीकृति दियो भन्ने प्रश्न निजी क्षेत्रको छ ।

सरकारी दस्तुर तिरेर सरकारी कार्यालयको प्रक्रिया पूरा गरेर किनिएको जमिनमा समस्या आयो । यसमा किन्ने निजी क्षेत्र कसरी दोषी भयो भन्ने प्रश्न उद्यमी व्यवसायीले गरेका छन् ।

व्यवसायी मिनहादुरले यस प्रकरणमा आफूमाथि अन्याय भएको भन्दै चित्त दुखाउंदै आएका थिए । तर, पनि उनले नेपालमा व्यवसाय विस्तार गर्न छाडेका थिएनन् ।

विश्व प्रशिद्ध व्यवसायी ज्याक मा नेपाल आएकै मेला मिनबहादुर पक्राउ परेका हुन् । छिमेकी देश भारतले अमेरिकामा ठूला व्यवसायीलाई महत्त्वका साथ भारत आउन निम्ता दिइरहेको छ । अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका चर्चित उद्यमीलाई भेटेर भारत आउन निम्ता दिएका थिए ।