मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरूङलाई मंगलबार बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

Advertisement

प्रहरीले त्यस विषयमा विशेष अपरेसन चलाइरहेको जनाएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशङ्कामा थप केही व्यक्ति पनि खोजी गरिरहेको उनले जानकारी दिए ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो ।

निजी क्षेत्र त्रसित

भाटभटेनीले मालपोत कार्यालयमा गएर उक्त जमिन नियमानुसार किनेको दाबी गरेको छ । उक्त जमिन खरिद बिक्रीमा कैफियत थियो भयो मातपोत कार्यालयले किन जग्गा किन्न स्वीकृति दियो भन्ने प्रश्न निजी क्षेत्रको छ ।

सरकारी दस्तुर तिरेर सरकारी कार्यालयको प्रक्रिया पूरा गरेर किनिएको जमिनमा समस्या आयो । यसमा किन्ने निजी क्षेत्र कसरी दोषी भयो भन्ने प्रश्न उद्यमी व्यवसायीले गरेका छन् ।

व्यवसायी मिनहादुरले यस प्रकरणमा आफूमाथि अन्याय भएको भन्दै चित्त दुखाउंदै आएका थिए । तर, पनि उनले नेपालमा व्यवसाय विस्तार गर्न छाडेका थिएनन् ।

विश्व प्रशिद्ध व्यवसायी ज्याक मा नेपाल आएकै मेला मिनबहादुर पक्राउ परेका हुन् । छिमेकी देश भारतले अमेरिकामा ठूला व्यवसायीलाई महत्त्वका साथ भारत आउन निम्ता दिइरहेको छ । अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका चर्चित उद्यमीलाई भेटेर भारत आउन निम्ता दिएका थिए ।

शेयर गर्नुहोस:

405
Shares