मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

काठमाडौँ महानगरपालिकाको सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गरिने

काठमाडौँ महानगरपालिकाको सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गरिने

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकले आगामी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट विनियोजन गरेकोआगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त जानकारी गराइन् ।

‘सुशासनका लागि अनलाइन सेवा’ भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको पनि उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । त्यसैगरी, ‘महानगरले देख्छ’ योजनालाई गौरवको आयोजनाका रुपमा विकास गरी त्यसका लागि रु २० करोड विनियोजन गरिएको छ ।

कामपाले आफ्नै टेलिभिजन सञ्चालान ल्याउने भएको छ । उक्त विषयलाई आगामी आवको बजेटमा नै समावेश गरिएको छ । टेलिभिजन स्थापनाका लागि महानगरले रु पाँच करोड विनियोजन गरिएको छ ।

त्यसैगरी, कामपाले एक टोल एक खेलकुद पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ । रु २५ अर्ब ५४ करोडको कूल बजेट ल्याएको कामपाले विगतका वर्षमा जस्तै यस वर्ष पनि भौतिक पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।

शिक्षामा रु एक अर्ब बढी

आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाको ८९ वटै सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउने भएको छ । त्यसका लागि कामपाले त्यसका लागि रु ३० करोडको सोध भर्ना कोष खडा उपप्रमुख डङ्गोलले जानकारी दिइन् । हाल सामुदायिक विद्यालयका शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका थिए । ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिनेछ ।

करार कर्मचारी राख्न रु ३० करोड

त्यसैगरी, कामपाले आगामी आर्थिक वर्ष तीन सय कुचिकार, दुई सय ६९ स्वास्थ्यकर्मी, एक सय ५१ नगर प्रहरी जवान, ५१ कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिनुभयो । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले रु ३० करोड विनियोजन गरेको छ ।

‘मेरो सहर हरित सहर’ कार्यक्रमका लागि रु ५० करोड विनियोजन गरिएको छ । जसअन्तर्गत उद्यान, आइल्यान्डको निर्माण मर्मत सम्भार र वृक्षरोपण कार्य अभियानका रुपमा सञ्चालन गरिनेछ ।