मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वयन गर्नुपर्छ : नेता सिटौला

संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वयन गर्नुपर्छ : नेता सिटौला

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

उनले संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वनमा लगेमात्र श्रमिकको अधिकार स्थापित हुने बताए । “श्रमिकलाई खुसी बनाउने र श्रमिकको हक, अधिकार स्थापित गर्न संविधानको बाटोअनुसार अगाडि बढ्नुपर्छ”, उनले भने ।

उनले नेपालको राजनीतिक परिवर्तनमा ट्रेड युनियन कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताए । राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिको स्वार्थ हावी हुँदा देश यो अवस्थामा पुगेको उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले नेपाली कांग्रेसले ट्रेड युनियन कांग्रेससँग गरेको सम्झौता अक्षरश पालना गर्न आग्रह गरे । उनले आगामी दिनमा देशको सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको संगठन विस्तार गरिने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले सामाजिक सुरक्षालाई सरकारले लागू गर्नुपर्ने बताए । कांग्रेसले श्रमिकको मुद्दालाई सम्बोधन गर्न नसकेको उनको भनाइ थियो । पूर्वअध्यक्ष बस्नेतले ७० प्रतिशत जनसङ्ख्याले नेपालको अनौपचारिक क्षेत्रमा काम गरेको बताउँदै उनले उनीहरुलाई सामाजिक सुरक्षामा समावेश गर्नुपर्ने उल्लेख गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहालले श्रमिकका मुद्दाबारे महाधिवेशनमा व्यापक छलफल हुने बताए । साउन १ गतेदेखि न्यूनतम ज्याला कम्तीमा २५ हजार नपु¥याए आन्दोलनमा जाने उहाँले चेतावनी दिए । श्रम आयोग र सातै प्रदेशमा श्रम अदालत बनाएरु नेपाल ट्रेड युनियन कांग्रेसले जोडतोडका साथ उठाउनुपर्ने उनको भनाइ थियो ।

सोही अवसरमा नेपालको श्रम क्षेत्रमा काम गर्ने विदेशस्थित विभिन्न श्रम सङ्गठनका प्रतिनिधीहरुले नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आजदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ६ गतेसम्म चल्नेछ । उक्त महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । पाँच वर्षपछि हुन लागेको सातौँ महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय महाधिवेशन प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक एवं उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए । रासस