मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

आकर्षक नारासहितका नीति तथा कार्यक्रम प्रस्तुत

आकर्षक नारासहितका नीति तथा कार्यक्रम प्रस्तुत

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आकर्षक नारासहितका केही नयाँ योजना तथा कार्यक्रम राखिएका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी क्रमशः आत्मनिर्भरता हासिल गर्ने योजना सरकारको छ । त्यस्तै, एकीकृत राष्ट्रिय अनुदानसम्बन्धी कानून एवं कृषि अनुसन्धान नीति तर्जुमा गर्ने नीति सरकारले लिएको छ ।

कृषि उत्पादन बढाउनका लागि सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र’ नारा दिएर नयाँ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गर्ने उल्लेख गरेको छ । प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गर्ने सरकारको नीति छ ।

स्वदेशी वस्तु उत्पादन, प्रयोग तथा प्रवर्द्धनका लागि सरकारले ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ नारासहित अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यो कार्यक्रमअन्तर्गत स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपयोग गरिने जनाइएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा राखेको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् निरन्तरता दिएको छ । “आत्मनिर्भर हुनसक्ने वस्तु तथा सेवा उत्पादन गर्ने सम्भावित उद्योग पहिचान गरी त्यस्ता उद्योगको विकास र स्थायित्वका लागि नीतिगत प्रबन्ध गरिनेछ ।

बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने प्रबन्ध मिलाइनेछ”, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, “स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग पु¥याइनेछ । यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहितको व्यावसायिक उत्पादन र तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा ब्राण्डिङ गरिनेछ ।”

धार्मिक तथा सांस्कृतिक स्थललाई सुन्दर र आकर्षक बनाउन ‘हाम्रो सम्पदा, राम्रो सम्पदा’ कार्यक्रम सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘सामुदायिक वन, फलाउनेछ धन’ अभियानअन्तर्गत यसै वर्षदेखि सामुदायिक वनक्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणालीसहितको कार्यविधि अपनाई परीक्षणका रूपमा हरिण, मृग, बँदेल, कालिजजस्ता वन्यजन्तु र पन्छीको नियन्त्रित व्यावसायिक पालन सुरु गरिने कार्यक्रममा जनाइएको छ ।

त्यस्तै, भूमिगत र सतह स्रोतको संरक्षण गर्दै ‘एक घर, एक धारा’ कार्यक्रमको निरन्तरतासहित जलवायु अनुकूलन खानेपानी प्रणालीको विकास गरिने सरकारको नीति छ ।

‘एक पालिका, एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने विषय पनि वार्षिक नीति तथा कार्यक्रममा राखिएको छ । हाल सञ्चालनमा रहेका हुलाक बचत बैङ्कलाई सरकारी स्वामित्वको वाणिज्य बैङ्कमा गाभ्ने नीति लिइने जनाएको छ ।

शिक्षा क्षेत्रतर्फ ‘ल्याउने, सिकाउने र टिकाउने’ अभियान सञ्चालन गर्ने सरकारको योजना छ । जसअन्तर्गत विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा प्रोत्साहनमूलक कार्यक्रमसहित अभियानका रूपमा यो कार्यक्रम सञ्चालन गरिनेछ । पढ्दै कमाउँदै कार्यक्रमलाई ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रमका रूपमा सञ्चालन गरिने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा स्थानीय तहबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइने जनाइएको छ । रासस