मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने

उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त आयोग गठन गरिने बताए ।

नीति तथा कार्यक्रममा भनएिको छ, “न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन आवश्यक कानूनी एवं संरचनात्मक सुधारका लागि सुझाव दिन न्यायपालिकासँगको समन्वय र सहकार्यमा उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गरिनेछ ।”

Advertisement

अनुसन्धान र अभियोजन प्रणालीलाई वस्तुगत र वैज्ञानिक बनाइने र कसुर पीडित तथा साक्षीको प्रभावकारी संरक्षण गरिने उल्लेख छ । सरकारी वकिलको व्यावसायिक क्षमता विकास र संस्थागत सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा छ ।

सरकारले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र सम्पन्न गरिने तयारी गरेको छ । “जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता परिवार र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता उपलब्ध गराइनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता साथ अघि बढाइनेछ । मानव अधिकार आयोग, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसलाई कार्यान्वयन गरिनेछ ।”

संवैधानिक निकायको संस्थागत सुदृढीकरण गरिने र संवैधानिक निकायबाट प्राप्त सिफारिस र सुझाव कार्यान्वयन गरिने जनाइएको छ । निर्वाचनसम्बन्धी कानुनमा समयानुकूल परिमार्जन गरी निर्वाचनसम्बन्धी एकीकृत कानुन तर्जुमा गरिने नीति तथा कार्यक्रममा छ । रासस

शेयर गर्नुहोस:

27
Shares