मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रोकिएको पूर्वगृहमन्त्री खाणसँगको बयान जारी

रोकिएको पूर्वगृहमन्त्री खाणसँगको बयान जारी

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान मंगलबार जारी राखिएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सोमबार सुरु गरिएको उनीसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो । त्यसपछि सोमबार म्याद थपेलगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार अहिलेसम्म १२ जनासँग बयान लिने काम सकिएको र मंगलबार पूर्वगृहमन्त्री खाणसँगको बयान जारी रहेको छ । उनले अब सोमबार पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान लिन बाँकी रहेको जानकारी दिए ।

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपीहरू भने फरार छन् ।

भूटानी शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव ९तत्कालीन गृहसचिव० टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

यस्तै, उक्त घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् । पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन् ।

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले २० उनीहरूविरुद्ध जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरोप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ । रासस