मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् । यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उनलाई रिहा गरिएको थियो ।

गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उनलाई शुक्रबार जमानतमा रिहा गरिएको थियो ।

गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पुर्‍याएका थिए ।

“स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने । उनले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५ः०० बजे एक घन्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

पाकिस्तानमा पाँच दिनसम्म चलेको कोलाहलपछि आइतबार बिहान शान्त रहेको थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए । महिनौँदेखि पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् ।

गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।

पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रूपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।

“सेना प्रमुखको कदमले हाम्रो सेनालाई नराम्रो बनाएको छ । यो उनको कारणले हो, मेरो कारणले होइन,” खानले लाहोरस्थित आफ्नो घरबाट गरेको सम्बोधनमा भने । “यद्यपि उनले सेवारत प्रमुखलाई सङ्केत गरेको हो वा उनका पूर्ववर्तीलाई यो स्पष्ट गरिएको छैन । पूर्वप्रधानमन्त्री खानले आफ्नो बर्खास्तीको लागि सेनाको भूमिकामाथि प्रश्न उठाएका सथिउ ।

यसअघि उनले पत्रकारसँग कुरा गर्दै आफूलाई पक्राउ गर्नुमा ‘एक व्यक्ति, सेना प्रमुख’ को हात रहेको बताएका थिए । तर, खानले प्रदर्शनमा सेनाका प्रतिष्ठानहरूमाथि भएको आक्रमणबाट आफूलाई टाढा राख्दै आफ्नो पार्टीका कार्यकर्ताहरू संलग्न रहेको अस्वीकार गरे । उनले हिंसाको स्वतन्त्र अनुसन्धानको माग गरे ।

खानले लगाएको आरोपको खण्डन गर्दै आएको सेनाले शनिबार संस्थाविरुद्ध ‘गलत धारणा’ सिर्जना गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ । यस हप्ता भएको हिंसामा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रहरी र अस्पतालले जनाएका छन् ।

पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सयौं प्रहरी अधिकारी घाइते हुनुका साथै चार हजारभन्दा बढीलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन् ।
खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पिटिआईका कम्तीमा १० जना वरिष्ठ नेतालाई पक्राउ गरिएको छ । सिन्ह्वा