मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि हिंसात्मक प्रदर्शनमा १० को मृत्यु, १७५० घाइते

पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि हिंसात्मक प्रदर्शनमा १० को मृत्यु, १७५० घाइते

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा कम्तीमा १० जनाको भएको छ । ती झडपमा एक हजार ७५० भन्दा बढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ ।

झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तनावको स्थिति सृजना भएको छ ।

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घन्टापछि पिटिआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ पनि गरिएको थियो ।

पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा, प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरिएको थियो। प्रदर्शनकारीहरूले कोर कमाण्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जिएचक्यूको एउटा गेटसमेत भत्काएका छन् ।

यसअघि बिहीबार पाकिस्तानका पूर्वविदेशमन्त्री, पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो ।

पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पिटिआई नेतालाई इस्लामाबादको गिलगिट-बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो।
मङ्गलबार पिटिआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ । उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दैछ । कुरेशीलाई पञ्जाब र खैबर पीमा दंगा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन् । एएनआई