मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् ।

प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष बडालले भने, “वर्तमान सरकारले गरेको राम्रा कामका लागि ‘स्यालुट’ र साथ हुन्छ, तर आग्रह वा पूर्वाग्रह राखेर निर्दोष फस्ने दोषी उम्कने हुनु हुँदैन ।”

सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति सबैले साथ दिनुपर्नेमा जोड दिए ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत ‘इन्ट्रेस्ट’ र दबाबमा नपरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले नक्कली भूटानी प्रकरणमा कुनै पनि हालतमा सरकारले खुट्टा कमाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले जनपक्षीय काममा आफू र आफ्नो सङ्गठन सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । रासस