मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए । शुक्रबार दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । रासस