मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार : रुस

क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार : रुस

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को । हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आरोप लगाएका छन् ।

हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ, पेस्कोभले क्रेमलिनमा यसबारे उल्लेख गरेका छन् ।

प्रवक्ता पेस्कोभले भने, अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिताबारे सचेत छ । वासिङ्गटनका लागि द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ।

रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा आक्रमण गर्न दुईवटा ड्रोन प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन् । उनले स्थानीय सञ्चारमाध्यमलाई जनाएअनुसार आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता छैन । सिन्ह्वा