मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा

नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो ।

जितका लागि दुई सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले आठ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण सुपरओभर पनि हुन सकेन र नेपाल समूह विजेताका आधारमा फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल खेलेका थिए ।

कुवेतका ओपनर आदनान इद्रिस शून्यमा बाहिरए भने रविजा सनदरुवानले नौ रन बनाए । परविन्दर कुमार एक, मित भावसार पाँच र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रनका बनाए । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक–एक विकेट लिए । त्यसअघि ५० ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।

अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ । युएईले ओमानलाई डिएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।