मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

हिमालय खबर

शेयर गर्नुहोस:

297
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र स्वतन्त्र एक प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डे नेपालको लोकतान्त्रिक आन्दोलनका सशक्त व्यक्तिका रुपमा परिचित छन् ।

पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिनुभएका पाण्डे विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको भातृसंस्था नेविसङ्घमा आबद्ध थिए ।

विसं २०३७ मा अमरज्योति जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक संघर्षका क्रममा विसं २०४५ मा र राजाको प्रत्यक्ष शासन २०६१ साल मा गरी झण्डै आठ महिनाभन्दा बढी समय जेल जीवन बिताएका उनी पटक–पटक लोकतान्त्रिक आन्दोलनमा हिरासतमा परेका थिए ।

विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका उनी २०३९ सालमा नेविसङ्घको अस्कल क्याम्पस एकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए ।

विसं २०४९ मा नेविसङ्घको केन्द्रीय सदस्य बनेका पाण्डे २०५९ मा नेपाल तरुण दलको केन्द्रीय महासचिव बने । हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका उनले २०७४ सालमा राष्ट्रियसभामा सांसद रही पार्टीका तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारी बहन गरेका थिए ।

गोरखा क्षेत्र नं २ मा सङ्घीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा आउने भएपछि क्षेत्र नं २ को प्रदेशसभा २ बाट चुनाव लड्दै निर्वाचित बनेका थिए ।

मुख्यमन्त्रीमा निर्वाचित भएसँगै उनले प्रदेशको समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । रासस