मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

राइपुर । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको सम्लग्नताको आशङ्का गरेको छ ।

भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलनका कारण त्यसपछिका दशकहरूमा हजारौँ मानिसको ज्यान गएको भएपनि हालैका वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताउने गरिएको छ ।

दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहको ज्यान गएको र बुधबारको मृत्यु सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो ।

छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भने,“उनीहरू नियमित कामबाट फर्कंदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो ।”

एनडिटिभीमा प्रसारित फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको एउटा खाल्डो र सुरक्षा बलले विष्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, “आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु । तिनीहरूको बलिदान सधैं स्मरणीय रहनेछ ।”

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने, “यो आक्रमण ‘अत्यन्त दुःखद’ छ र उहाँले राज्यका नक्सलवादीहरूविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”

उनले भने, “यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौँ र हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं ।”
अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । एएफपी

शेयर गर्नुहोस:

189
Shares