मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा सभापति देउवाद्वारा आभार व्यक्त

उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा सभापति देउवाद्वारा आभार व्यक्त


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।

उपनिर्वाचन सम्पन्न भएपछि उनले विज्ञप्तिमार्फत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको उल्लेख गर्दै मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन् ।

“यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु । निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा सम्बन्धित क्षेत्रका सम्पूर्ण मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले उपनिर्वाचन भएका तीनवटै क्षेत्रहरूमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् ।

निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति समेत उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस:

135
Shares