मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी

जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

टोकियो । जापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् ।

अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन दुवैको वेबसाइटमा पठाई शुक्रबार दिउँसो सांसदको कार्यालयमा बम विष्फोट हुने चेतावनी दिइएको थियो ।

Advertisement

जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ती इमेलमा संसद् भवनबाट सडकको विपरीत दिशामा रहेको सांसदको कार्यालय भवनभित्र ठूलो सङ्ख्यामा अत्यधिक विष्फोटक बम र सरीन नर्भ ग्यासयुक्त उपकरण राखिएको उल्लेख गरिएको छ ।

धार्मिक सङ्गठनका सदस्यले इमेलमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः३४ बजेदेखि राजनीतिज्ञको सामूहिक हत्या गरिने पनि बताएका छन् ।

खतराका कारण उच्च सतर्कतामा रहेका सुरक्षाकर्मीले शङ्कास्पद वस्तु र प्याकेटको खोजी गरिरहेका छन् । तर, अहिलेसम्म कुनै अप्रिय घटना फेला परेको छैन । सिन्ह्वा

शेयर गर्नुहोस:

243
Shares