मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विदेशमा जेल परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण

विदेशमा जेल परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्धारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन् ।

“हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्त्वपूर्ण योगदान छ । गतवर्ष नेपालले करिब रु १० खर्ब सात अर्ब रेमिट्यान्स भित्र्याएको छ । तर, वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन्,” सांसद कार्कीले भने, “उनीहरुको रिहाइ, उद्दार, सुरक्षा र सहज रुपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छु ।”

विदेश गएका नेपाली कामदारलाई सहज वातावरणमा काम गर्ने अवस्था सिर्जनाका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्ने उनको भनाइ छ ।

सांसद् बिजुला रायमाझीले नेपालका युवालाई विदेसिनबाट रोक्न सरकारले बनाएको योजनाबारे प्रश्न गरेका थिए । “हाम्रा युवा नेपालमा बस्ने वातावरण कहिलेदेखि बन्छ रु विदेशबाट केही गरौंँ भनेर नेपाल फर्किएका व्यक्तिले सञ्चालन गरेका व्यवसाय धराशायी भइरहँदा उनीहरुलाई नेपालमै टिक्नसक्ने अवस्था बनाउन सरकारले के योजना बनाएको छ”, उनले संसद्मार्फत् सरकारलाई प्रश्न गरे ।

शेयर गर्नुहोस:

108
Shares