मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कांग्रेस भएर अरुलाई मत हाल्ने छूट छैन : महामन्त्री थापा

कांग्रेस भएर अरुलाई मत हाल्ने छूट छैन : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका सदस्य भएर अन्य पार्टीलाई मतदान गर्ने छूट कसैलाई नभएको जिकिर गरेका छन् ।

नेपाली कांग्रेस कालिका नगरसमितिले सोमबार आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसका सदस्यहरुले मात्रै नभएर गठबन्धनमा रहेका पार्टीहरुलाई समेत त्यो छूट नरहेको बताएका हुन् ।

उनले भने, “काँग्रेस हुँ भन्ने र मतदान अन्यत्र गर्ने गर्दा आफैँले आफैँलाई एकपटक सोच्न जरूरी छ ।” अहिले जनतामा देखिएको नैराश्यताको अन्त्य कांग्रेसले मात्रै गर्नसक्ने दाबी गर्दै उनले भने, “दलहरुले कसैलाई घेराबन्दी गरेको भन्ने कुरा गलत हो ।” चितवन २ का मतदातालाई भावनाको व्यापारमा नबहकिनसमेत उनले आग्रह गरे ।

उनले थपे, “कसैले कसैलाई घेराबन्दी गरेको भन्ने गलत हो । यो भ्रममा कोही पनि नपर्नुहोला । लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो । लोकतन्त्रमा न्याय नै सर्वमान्य हुन्छ ।” नेपालको कानुनले दोहोरो नागरिकता र राहदानी लिन नपाउने बताउँदै महामन्त्री थापाले त्यो कुरा नहुँदा नै चितवन २ का जनप्रतिनिधिको पद खुस्किएको बताए ।

कांग्रेस, माओवादी केन्द्र, एमालेलगाएतका दलहरुले घेराबन्दीमा पारेर न्यायालयलाई प्रभावित बनाएर सांसद् पद गएको भन्ने कुरा गलत भएको उनको दाबी थियो । उनले मतदातालाई तथ्यमा टेकेर निर्णय लिन पनि आग्रह गरे ।

सो अवसरमा बोल्दै माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य एबं भरतपुर महानगरकी प्रमुख रेनु दाहालले गठबन्धन लामो समय बचाउन पनि कांग्रेसका उमेदवारलाई भोट दिनुपर्ने धारणा राखिन् । पार्टीका अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई चुनाव जिताउन निर्देशन दिएकै कारण पार्टीका जिल्ला तहका नेता कार्यकर्ता त्यहीअनुसार परिचालन भएको उनको भनाइ थियो ।

सो अवसरमा बोल्दै कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले मतदाताहरुले आफूलाई जिताए क्षेत्रकै विकासमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, कालिका नगरसभापति दिपेश्वर केसीलगायतले बोलेका थिए ।