मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नयाँ जोगीलाई भिक्षा दिँदा सचेत हुनुहोला : उपसभापति गुरुङ

नयाँ जोगीलाई भिक्षा दिँदा सचेत हुनुहोला : उपसभापति गुरुङ

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नयाँ जोगीलाई भिक्षा दिँदा सचेत हुन चितवनवासी मतदातालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस चितवन क्षेत्र नं २ ले विभिन्न स्थानमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवन दुईमा निर्वाचन लड्न आएका स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेलाई नयाँ जोगीको संज्ञा पनि दिए ।

“चुनावी अभियानमा नयाँ जोगीले धेरै खरानी धसे । जोगीलाई भिक्षा दिँदा ध्यान पु¥याइएन भने कहीलेकाहीँ गलत पनि हुन सक्छ”, उनले भने । भिक्षा दिँदा नै गलत भएकाले रावणले सीता हरण गरेको धार्मिक प्रसङ्ग पनि उनले सुनाए ।

फरक प्रसङ्गमा बोल्दै उनले पार्टीमा युवाहरुको हस्तक्षेप बढ्दै गएको बताएका छन् । उनले पार्टीभित्र युवापुस्ताको हस्तक्षेप बढ्दै गएकाले नैराश्यता हुनुपर्ने अवस्था नरहेको बताए ।

उनले भने “कांग्रेसले आफ्नो कार्यकालमा गरेका विकास निर्माणका वारेमा जनतामा बुझाउन सकेन । यसका कारण पनि जनतामा केही गरेन भन्ने नैरश्यता रह्यो ।” चितवनले राम्रो नेतृत्व नपाउँदा विकासका दृष्टिले पछि परेको उनले स्वीकार गरे ।

सो अवसरमा बोल्दै कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले मतदाताहरुले आफूलाई जिताए क्षेत्रकै विकासमा आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।