मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कांग्रेसका कार्यकर्ता एकढिक्का हुनुपर्छ : डा कोइराला

कांग्रेसका कार्यकर्ता एकढिक्का हुनुपर्छ : डा कोइराला

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एकढिक्का हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मोरङद्वारा आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एक ढिक्का भएको विचार राखे ।

नेता डा कोइरालाले नेकांका कार्यताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे । उनले वर्तमान उपनिर्वाचनमा नेकांका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्तले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरे ।

नेकांका पूर्व उपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि नकांको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । उनले लामो इतिहास बाँकेको नेकां समक्ष रहेको विभिन्न प्रकारका चुनौती समाधान लागि वर्तमान अवस्थामा युवा पिँढीको साथमा सहयोग आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रदेशसभा सदस्यद्वय गयानन्द मण्डल र अमृत अर्यालले जनतालाई विकास र समृद्धिको अनुभूति हुनेगरी कार्य गर्न दलका नेता एवं कार्यकर्ता लाग्नुपर्ने बताए ।