मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणबारे छलफल हुन्छ : महामन्त्री थापा

नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणबारे छलफल हुन्छ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले जेठभित्र नीति अधिवेशन गर्ने तयारी गरिरहेको बताउँदै उक्त अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धिकरणका बारेमा व्यापक छलफल हुने बताए ।

“विसं २०८० कांग्रेसलाई सुदृढीकरण र शुद्धीकरण गर्ने वर्ष हुनेछ, पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल गर्नुपर्छ”, उनले भने । उनले कांग्रेसभित्र पुरानो नेताको अनुभव र नयाँ युवाको जोसलाई कांग्रेसले अगाडि बढाउनुपर्ने बताए ।

महामन्त्री थापाले मुलुक सङ्कट परेको बेलामा सरकारले सुझबुझका साथ काम गर्नुपर्ने बताए । सरकारले जनतालाई महसुस दिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । उनले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जाने बताए ।

सरकारले राम्रो काम गर्दै गए तीन/चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो । महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताए ।