मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रास्वपाबाट श्रेष्ठ निष्कासित, कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय

रास्वपाबाट श्रेष्ठ निष्कासित, कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद् पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले बुधबार समानुपातिक सांसद् डा ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद् पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।

घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद् र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको सांसद् पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ । रासस

शेयर गर्नुहोस:

270
Shares