नेपाल

रास्वपाबाट श्रेष्ठ निष्कासित, कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय

रास्वपाबाट श्रेष्ठ निष्कासित, कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद् पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले बुधबार समानुपातिक सांसद् डा ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद् पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।

Advertisement

घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद् र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको सांसद् पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ । रासस