मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

मन्त्रिपरिषद्को निर्णय : फोहर उठाउने जिम्मा स्थानीय तहको हो

मन्त्रिपरिषद्को निर्णय : फोहर उठाउने जिम्मा स्थानीय तहको हो


शेयर गर्नुहोस:

540
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ ।

सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो ।

“काठमाडौँ महानागरपालिकाको फोहर स्थानीय तहले उठाउने कानुनी व्यवस्था छ, नीतिगत रूपमा भएको व्यवस्थाअनुसार काम गर्नुपर्छ”, बैठकपछि पत्रकारलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक बैठकमा छलफल भएको छ ।”

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले उक्त स्थानको फोहर नउठाउने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय गरेकोसमेत मन्त्री शर्माले जानकारी दिए ।

शेयर गर्नुहोस:

540
Shares