वासिङ्टन । अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस)ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ ।
उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त्रता र कानुनी प्रयोगलाई समर्थन गरेको अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले स्प्राट्ली टापु नजिकको दक्षिण चीन सागरमा नौपरिवहन अधिकार र स्वतन्त्रताको वकालत गरेको थियो । उसले यो अन्तर्राष्ट्रिय कानून अनुकुल भएको बताएको छ ।
उक्त अपरेसनपछि मिलियसले ‘दाबी क्षेत्रबाट अत्यधिक बाहिर निस्केर दक्षिण चीन सागरमा आफ्नो गतिविधि जारी राखेको’ बताएको छ ।
उक्त जहाज ताइवानको मुख्य भूमिको दक्षिणी टुप्पोबाट करिब एक हजार ४०० किलोमिटर (८६० माइल) टाढा मिस्चिफ रिफको १२ नटिकल माइलभित्र पुगेको थियो ।
चिनियाँ लडाकू विमान र युद्धपोतहरूले ताइवानको वरिपरि तीन दिनको सैन्य अभ्यास गरिरहेका छन्, टापुमा ‘सिम्युलेटेड’ आक्रमणहरू पनि समावेश छन् ।
गत साता ताइवानका राष्ट्रपति साई इङ–वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच लस एन्जलसबाहिर भेटवार्ता भएको थियो ।
चीनको यो अभ्यासको ताइपेइले निन्दा गरेको छ र वासिङ्टनले ‘बेइजिङको गतिविधिलाई नजिकबाट नियालिरहेको’ बताएको छ ।
सोमबार बेइजिङले ’जिउँदो गोलाबारुद’ बोकेका लडाकु विमानले ताइवाननजिकै अभ्यास आक्रमण (सिम्युलेटेड स्ट्राइक) गरेको र यो सान्डोङ विमानवाहक पोत जारी अभ्यासमा संलग्न रहेको बताएको थियो । एएफपी
प्रतिक्रिया