मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एनसेल बाह्रखरी गल्फको छैटौं संस्करण बैशाख ९ देखि

एनसेल बाह्रखरी गल्फको छैटौं संस्करण बैशाख ९ देखि

विजेताले प्राप्त गर्ने ‘सुनको बल’ सार्वजनिक

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विगत ६ वर्षदेखि मुलुकका प्रतिष्ठित उद्योगी तथा व्यवसायीबीच बाह्रखरी मिडियाले प्रतिस्पर्धा गराउँदै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिताको छैटौं संस्करण आउदो  बैशाख ९ देखि सुरू हुने भएको छ।

बाह्रखरी मिडियाले नेपाली नयाँ वर्षको सुरूवातसँगै २०८० वैशाख ९ अर्थात् अप्रिल २२, २०२३ मा काठमाडौंमा एनसेल बाह्रखरी कर्पोरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकैथलोमा ल्याएर खेल प्रवद्र्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यको विशेष कार्यक्रम ‘एनसेलको प्रस्तुति बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष छैटौँ संस्करणमा प्रवेश गरेको बाह्रखरीले जनाएको छ।

देशका आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्व सम्मिलित हुने र देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीहरूले प्रतिस्पर्धा गर्ने गल्फ प्रतियोगिताको शुभारम्भ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा वैशाख ९ गते बिहान हुनेछ ।

कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार ‘सुनको बल’ सार्वजनिकीकरण चैत १९ गते आइतबार गरिएको छ ।

गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ । आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) मा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्तित्वको सहभागिता रहने विज्ञप्तीमा जनाइएको छ ।

करिब सयजना गल्फरले भाग लिने यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् ।

गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन बाह्रखरी मिडियाले हरेक वर्ष देशका फरक–फरक स्थानमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता गर्दै आएको छ । यसअघि, पोखरा, धरान सगरमाथा क्षेत्रको कोङ्दे रीमा प्रतियोगिता गरिएको थियो ।

पहिलो दुई संस्करण भने गोकर्ण गल्फ कोर्समै सम्पन्न भएका थिए ।

baa1680432782.JPG‘कर्पोरेट’ क्षेत्रका खेलाडीबीच हुने यो प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यसका अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुण्डाइ’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन् ।

12kharigolf (2)1680432443.jpgगोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्दछ ।

हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउनु नै बाह्रखरी मिडियाको मुख्य उद्देश्य हो । त्यसैले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गल्फ प्रतियोगितासँगै ‘आर्थिक परिसंवाद’ कार्यक्रम आयोजना हुनेछ ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन् ।

कार्यक्रममा विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनुहुनेछ ।

12kharigolf (5)1680432448.jpg‘अर्को चरणको आर्थिक सुधार’मा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो । ‘आर्थिक परिसंवाद’ले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पु¥याउनेछ भन्ने हामीलाई लागेको छ ।

यस कार्यक्रममा प्रस्तुत गर्ने हेतुले बाह्रखरी मिडियाले मुलुकको ‘वर्तमान आर्थिक अवस्था र संकट’ समाधानका सन्दर्भमा चार सय बढी व्यवसायी तथा सर्वसाधारणको धारणा समेटेर ल्याएको छ । ती धारणामध्येबाट केही प्रतिनिधि आवाजको भिडियोहरू पनि विषयगत सेसनका अगाडि प्रस्तुत हुनेछन् ।

gggg1680432784.JPG

बाह्रखरी मिडियाले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायत क्षेत्रको विकासमा योगदान पु¥याउन प्रमुख प्रायोजकका रूपमा विगत चार वर्षदेखि हामीसँग सहकार्य गर्दै आएको छ ।

यो वर्ष आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुने अनुमान छ ।

12kharigolf (6)1680432448.jpg‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।

बाह्रखरी मिडियाले अघिल्लो वर्षको फागुन १३ र १४, २०७८ अर्थात् फेब्रुअरी २५ र २६, २०२२ मा कोशी प्रदेशको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरेको थियो । साथै, सोही समयमा विराटनगरमा ‘आर्थिक सम्मेलन’ र इटहरीमा ‘युवा उद्यमी सेमिनार’ आयोजना गरिएको थियो ।

ffff1680432783.JPGत्यसैगरी, तीन वर्षअघि कोशी प्रदेशमा अवस्थित सगरमाथा क्षेत्रको कोङदे रीमा एनसेल बाह्रखरी गल्फ आयोजना गरेका थियौँ ।

उक्त प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा (४,२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो, जसको समाचार विश्वका दुई सय बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए । करिब १५ देशका पत्रकार त्यस खेलको समाचार संकलनका लागि नेपाल आएका थिए ।

dddd1680432783.JPGअमेरिकाबाट प्रकाशित हुने संसारकै सर्वोत्कृष्ट म्यागेजिन ‘गल्फ डाइजेस्ट’ले यो समाचारलाई कभरसहित ८ पेजमा विस्तृत विवरण प्रकाशित गरेको थियो ।

नेपालबाट प्रकाशित हुने बाह्रखरी मिडिया र अमेरिकाबाट प्रकाशित हुने हिमालयखबरबीच गत वर्ष सहकार्यको सम्झाैता भएको छ ।

aaa1680432780.JPG

baa1680432782.JPG

12kharigolf (4)1680432445.jpg