मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।

शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुग्नुभएका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताएका हुन् ।

“अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पुर्‍याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ”, उनले भने ।

विभिन्न देशमा रोजगारीका लागि गैरकानुनी ढङ्गले जाने अवस्था सिर्जना भइरहेको भन्दै उनले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानुनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताए ।

जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने दाबी गरे । सो अवसरमा उहाँले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिकमा माल्यार्पण गरेका थिए । मन्त्री भण्डारीलाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएका थिए ।