मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृहको मुख्य काम हो : गृहमन्त्री श्रेष्ठ

शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृहको मुख्य काम हो : गृहमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्दै उनले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी निर्णय गरे ।

विगतका सरकारले गरेका कामलाई निरन्तरता दिँदै बाँकी काम अघि बढाउने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले भने, “काम गर्दा कुनै पनि दबाबमा परेर काम नगर्नुस् तर जनताको सेवालाई ध्यानमा राखेर काम गर्नुस् ।” वर्तमान सरकारको मुख्य चारवटा राष्ट्रिय कार्यभार भएको र त्यो कार्यभार पूरा गर्न सबैको सहयोग जरुरी भएको बताए ।

“राष्ट्रिय एकता सुदृढ गर्नु, राजनीति उपलब्धिको रक्षा गर्नु तथा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुछ”, उनले भने, “सामाजिक न्यायसहितको सामाजिक आर्थिक रूपान्तरण गर्ने र जनताको जीवन परिवर्तन हुने गरी विकास र समृद्धिको काम गर्ने उद्देश्य रहेको छ ।”

गृहमन्त्री श्रेष्ठले पद र जिम्मेवारीको इमान्दारपूर्वक काम गरी समयको पालना गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार न्यूनीकरणमा शून्य सहनशिलता कायम गर्नुपर्ने बताए । उनले भने, “म घुस खान्न, उपहार लिन्न, कामलाई विश्वास गर्छु ।”

राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक ल्याएर नागरिकतासमबन्धी समस्या समाधान गर्ने र महिला हिंसा रोक्नका आवश्यक कदम चाल्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिए । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूले १० वर्षअघि छोटो समय गृह मन्त्रालय सम्हाल्दाको समय स्मरण गर्दै पुनः पाएको जिम्मेवारी राम्रोसँग निभाउने प्रतिबद्धता व्यक्त गरे । रासस