मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी

शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताएका छन् ।

फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा उनले समृद्ध राष्ट्र निर्माण गर्न शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताए । “आजको हाम्रो शिक्षा प्रणाली विद्यार्थीलाई स्वनिर्भर हुन होइन परनिर्भर हुने, रोजगारी खोज्ने गरी दीक्षित बनाइएको छ, विश्व बजारमा रोजगार खोज्ने शिक्षाले देशको आत्मनिर्भरता र विकास हुन सक्दैन”, उनले भने ।

पूर्वअध्यक्ष रेग्मीले सिर्जनशील र सीपमूलक जनशक्ति विना देशको समग्र विकास र समृद्धिको यात्रा पूरा हुन नसक्ने उल्लेख गर्दै सरकारले व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए । सरकार स्थिर नहुँदा शिक्षालगायत हरेक क्षेत्रमा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

मूल नीति र व्यवहार स्थिररूपमा लक्षित गन्तव्यतर्फ गतिमान भए मात्र शिक्षालगायतका अन्य क्षेत्रको विकास एवं समृद्धिको यात्रा सुगम र अपेक्षित हुने उनले बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्न नसकेसम्म देश अगाडि बढ्न नसक्ने बताए । “त्रिभुवन विश्वविद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ, विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागू गरे मात्र देशको शिक्षा क्षेत्रले फड्को मार्न सक्छ”, उनले भने ।

उनले देशमा १६ विश्वविद्यालय भएको बताउँदै खोलिएका विश्वविद्यालयलाई विशिष्टीकृत बनाएर अगाडि बढाए देशको शिक्षा क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे ।

कक्षा ११ र १२ पढाउने शिक्षकको अभाव देशमा भएको उनको भनाइ थियो । उनले शिक्षण सिकाइमा सुधार, शिक्षकको दरबन्दीलाई व्यवस्थित र भौतिक पूर्वाधारमा सुधार गर्नसके देशको शिक्षा क्षेत्र अगाडि बढ्ने बताए । शिक्षक सेवा आयोगलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सामाजिक क्षेत्रमा क्रियाशील फोकस नेपालले ‘समृद्धिका लागि सामाजिक अभियान’ लाई अगाडि बढाएको बताए । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मीसहित सञ्चारकर्मी र सामाजिक व्यक्तित्वलाई सम्मान गरिएको छ ।

सोही अवसरमा राससकर्मी रेग्मीसहित न्यूज एजेन्सी नेपालका समचारदाता विक्रम रत्न, महेन्द्र मोरङ क्याम्पसका सहप्राचार्य उद्धवप्रसाद पौडेल, शिक्षाविद् विजयराज पन्त, पुष्पराज बडाल, भुवनराज श्रेष्ठ, रामचन्द्र देवकोटा, इञ्जिनियर विजेन्द्र गौतमलाई सम्मान गरिएको हो ।