मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कानुनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली

कानुनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानुनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताएका छन् ।

नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार आयोजना गरेको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानुनी जटिलताहरू हटाउनपर्ने बताए ।

कार्यक्रममा विद्यार्थीसँगको अन्तर्क्रियामा उनले भने, “आजको विश्वमा हरेक क्षेत्रमा नियम कानुनले चल्छ र चल्नपर्छ । तर नियम कानुनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ । प्रशासनिक ढिलासुस्ती पनि कानुनी प्रक्रियाका कारणले भैरहेको छ । कतिपय कानून र कानुनी प्रक्रियाले विकासका काममा अवरोध पुर्‍याएको छ । ”

उनका अनुसार कानुनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ । “कानुनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ । अन्यथा कानुनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ”, उनले भने ।

विद्यार्थीहरुले अध्यक्ष ओलीद्वारा प्रतिनिधिसभा विघटनको प्रयास, देशको आर्थिक अवस्था, बेरोजगारी, कानुन कार्यान्वयनमा राजनीतिक हस्तक्षेप, पार्टी तथा नेतृत्वको भूमिका र समीक्षाका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेको जवाफ दिए ।

अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैरशैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिए । कानुन निर्माण, कार्यान्वयन र न्यायका लागि पहल गर्दा सबै पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले कानुनका विद्यार्थीले भविष्यमा न्यायका लागि पहल गर्दा कुनै प्रकारको डर त्रास, लोभ र प्रलोभनमा नपर्न जोड दिए ।