मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण

सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

पाँचथर । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले छिमेकी मित्रराष्ट्र भारतसँगको सीमा क्षेत्रको निरीक्षण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे मङ्गलबार निरीक्षण गरे । निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग गरी हुनसक्ने चोरी, सिकारी तथा निकासीजस्ता अपराधका घटना न्यूनीकरणमा केन्द्रित हुन निर्देशन दिए ।

सो क्रममा सुरक्षा निकायको टोलीले भारतीय सीमासुरक्षा बल (एसएसबी)का स्थानीय अधिकृतलाई भेटी सीमासुरक्षा र अपराध न्यूनीकरणका विषयमा छलफल गरेको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दुसमेत रहेको उक्त क्षेत्र बहुमूल्य जडीबुटी र जङ्गली जनावर पाइने स्थान हो । यही क्षेत्रको उपयोग गरी अन्तरदेशीय चोरी, सिकार र निकासीसमेत हुने गरेको स्थानीयवासीले गुनासो गर्ने गरेका छन् ।

दुई वर्षअघि यस क्षेत्रको चिवाभञ्ज्याङ र लामपोखरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनापछि भारतीयले निर्वाधरुपमा नेपाली भूमिको उपभोग गर्ने, नेपाली जडीबुटी तथा वन्यजन्तुको सिकार गर्नेक्रम भने घटेको छ ।

निरीक्षणमा प्रजिअ गैरेसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडा, सशस्त्र प्रहरी बल हिमशिखर गुल्म फिदिमका प्रमुख अइन्द्रराज नेम्वाङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख तुलसी कट्टेल सहभागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस जिल्लाको भारतसँग ४५ किलोमिटर सीमा क्षेत्र जोडिन्छ । पाँचथरमा मात्रै सशस्त्र प्रहरी बलका चार स्थानमा विओपी स्थापना गरिएका छन् । रासस

शेयर गर्नुहोस:

243
Shares