मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जापानमा चितवनका पाँच पत्रकार सम्मानित

जापानमा चितवनका पाँच पत्रकार सम्मानित

हिमालय खबर

शेयर गर्नुहोस:

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो । जापानको राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले विशेष समारोहबीच नेपाली पत्रकारलाई सम्मान गरेका छन्। कार्यक्रममा १२ वर्षअघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष तिलक मल्लसहित चितवनका पत्रकार कृष्ण भण्डारी, हरिप्रसाद पोखरेल, कविकिरण न्यौपाने, विनोदकुमार सापकोटा र भूषण घिमिरे रहेका छन्। उनीहरु नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक हुन् ।

नेपालमा भने कृष्ण भण्डारी नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हुन्। हरिप्रसाद पोखरेल पनि नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष एवं वर्तमान जिल्ला र बागमती प्रदेशका सल्लाहकार हुन् । कविकिरण न्यौपाने प्रेस चौतारी चितवनका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ जापान शाखाका वर्तमान सल्लाहकार रहेका छन्। विनोदकुमार सापकोटा नेपाल पत्रकार महासंघ जापान शाखाका वर्तमान सल्लाहकार एवं प्रेस चौतारी चितवनका पूर्वसचिव हुन्। भूषण घिमिरे भने नेपाल रहँदा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भइसकेका थिए।

१२ वर्षअघि नेपाल गएका हरिप्रसाद पोखरेल यसै कार्यक्रमको लागि जापान आएका थिए। नेपाल पत्रकार महासंघ, जापान शाखाको स्थापना सन् २००३ मार्च १३ तारिक भएको थियो। महासंघले आफ्नो १२ वर्षको यात्रा पूरा गरेको छ।

स्थापना दिवसमा पत्रकारलाई सम्मानसहित शुभकामना आदानप्रदानसमेत सम्पन्न भएको छ। कार्यक्रमका प्रमुखअतिथि रहेका जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी ले जापानमा पत्रकार महासंघको जग बसालेको संस्थापकहरुलाई आदर र सम्मान गर्न पाउँदा खुसी लागेको बताए।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्तकुमार पहरीको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव राजन गौतमले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई महासंघकी उपाध्यक्ष इन्दिरा खनालले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, संस्थापक सल्लाहकार भूषण घिमिरे, निर्वतमान अध्यक्ष मोहन घले, एनआरएनए एशिया प्यासिफिक उपसंयोजक दधिबल खड्का, नेपाली व्यवसायी संघ , जापानका अध्यक्ष विजय थकाली, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, बलेवा समाज जापानकी उपाध्यक्ष शान्ति बस्नेत, जनजाति महासंघ जापानका अध्यक्ष सञ्जीव राई, प्रवाशी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, अन्तर्राष्ट्रिय अधिवक्ता बलराम श्रेष्ठ, गल्कोट समाज जापानकी अध्यक्ष कालिका थापालगायतले शुभकामना मन्तव्य राखेका थिए।

विभिन्न पेसा, व्यवसाय एवं अध्ययनको शिलशिलामा १ लाख ३० हजारको हाराहारीमा नेपाली रहेको जापानमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरी आबद्ध हुनेको संख्या ६५ रहेको छ ।