मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल

विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उनले चेतावनी दिए ।

जिल्ला भेलालाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले आगामी चुनावमा एमालेले ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी तयारी सुरु गरेको बताए ।

एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अवसरका लागि प्रयास गर्नु ठीक भए पनि अवसरवादी हुनु निन्दनीय रहेको बताए । भेलालाई प्रशिक्षण दिँदै बरालले समाजवादको पूर्वाधार बनाउन विद्यालय सुधार, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको लडाइँ लड्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

एमाले पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टी जनतालाई एकताबद्ध गराएर अघि बढ्न तयार रहेको बताए ।

एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्य सरिता गिरी र राजकुमार लेखीले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दललाई एकताबद्ध हुन आह्वान गरे ।