मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठ पत्रकार रिसाललाई नेपाली साहित्य समाजको सहयोग

वरिष्ठ पत्रकार रिसाललाई नेपाली साहित्य समाजको सहयोग

हिमालय खबर

अमेरिका । अमेरिकास्थित नर्थ क्यारोलिना नेपाली साहित्य समाजले वरिष्ठ पत्रकार एवं समाजसेवी भैरव रिसालको पहलमा सञ्चालित सामाजिक कार्यहरूको सहयोगार्थ ११ सय अमेरिकी डलर अर्थात् एक लाख ४५ हजार ४५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

फेब्रेअरी २५ मा जुममार्फत् रिसालसँग गरिएको अन्तर्क्रियामा ९५ वर्षको उमेरमा पनि उनको समाजसेवाप्रतिको लगावबाट प्रभावित भई नर्थ क्यारोलिना नेपाली साहित्य समाजले सो सहयोग गरेको हो ।

सहयोग रकम ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै रिसालले प्रवासमा बसेर पनि समाजले नेपाली साहित्यको श्रीवृद्धिका लागि निर्वाह गरिरहेको भूमिको प्रशंसा गरे । उनले प्राप्त आर्थिक सहयोग समाज सेवामा खर्चने प्रतिबद्धता गर्दै समाजप्रति विशेष आभार व्यक्त गरे ।

वरिष्ठ पत्रकार रिसालको जीवनी, यथार्थता, सामाजिक योगदान र जीवनका उतारचढाव, कटुताहरू उनी आफैँबाट सुन्न पाउनु आफ्नो संस्थाका लागि गौरवको क्षण भएको समाजले जनाएको छ ।