मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

वरिष्ठ स्काउटर न्यौपानेलाई काठमाडौँमा भव्य सम्मान

वरिष्ठ स्काउटर न्यौपानेलाई काठमाडौँमा भव्य सम्मान


शेयर गर्नुहोस:

675
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल स्काउटलाई सही दिशामा लैजानका लागि ऐनको व्यवस्थालगायत स्काउटमा गरेको योगदानको उच्च कदर गर्दै वरिष्ठ स्काउटर एवं नेपाल स्काउट गाइड फेलोसिपका उपाध्यक्ष तीर्थराज न्यौपानेलाई एक समारोहबीच भव्य सम्मान गरिएको छ ।

चारुमती मित्र ओपन स्काउट ट्रुप/क्र्यु, मित्रपार्क–७, काठमाडौँको आयोजनामा भएको २६औँ वार्षिकोत्सवका अवसरमा उनलाई सम्मान गरिएको हो ।

उनलाई प्रमुखअतिथि नेपाली कांग्रेसका युवा नेता एवं महामन्त्री गगन थापाले पुरस्कार तथा सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

सो अवसरमा नेता थापाले वरिष्ठ स्काउटर न्यौपानेप्रति विभिन्न जिल्ला र विद्यालयहरुले देखाएको सदाशयताको कदर गर्दै दीर्घजीवनको शुभकामना व्यक्त गरे ।

साथै, उनले वरिष्ठ स्काउटर न्यौपाने अत्यन्त दूरदर्शी, समाजमा केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेका र स्काउटमा विभिन्न ढंगले योगदान गरेका व्यक्तित्वलाई सम्मान गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।

चारुमती मित्र ओपन स्काउट ट्रुप/क्र्युका अध्यक्ष दिपेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउटका पूर्वअध्यक्ष एवं नेपाल स्काउट गाइड फेलोसिपका अध्यक्ष श्रीराम लामिछाने र नेपाल स्काउटका पूर्व संयोजक चन्दन कौशिकले वरिष्ठ स्काउटर न्यौपानले स्काउटका क्षेत्रमा गरेका योगदानबारे चर्चा गरेका थिए ।

शेयर गर्नुहोस:

675
Shares