मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने

विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने

हिमालय खबर

शेयर गर्नुहोस:

945
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अबदेखि ट्रेकिङमा जाँदा विदेशी पर्यटकहरूले अनिवार्य रूपमा गाइड साथमा राख्नुपर्ने भएको छ । बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बैठकले नेपालको कुनै पनि गन्तव्यमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था आगामी अप्रिल १ बाट लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटकहरू एक्लै भ्रमणमा जाने गरेका थिए ।

अहिले एफआईटी र सामूहिक रूपमा लिने टिप्स कार्डको मूल्य फरक छ । एक्लै भ्रमणमा जानेहरूले दुई हजार र सामूहिक भ्रमण जानेहरूले एक हजार रुपैयाँ तिर्नुपर्छ ।

बोर्डले एफआईटी प्रणाली बन्द गरेसँगै अब विदेशी पर्यटकले टिप्स कार्ड लिँदा दुई हजार रुपैयाँ तिुर्नपर्ने छ ।