मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विधानको अक्षरशः पालना गर्ने प्रमुख दायित्व : नेता पौडेल

विधानको अक्षरशः पालना गर्ने प्रमुख दायित्व : नेता पौडेल


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रहेका नेता रामचन्द्र पौडेलले नेपालको संविधानको अक्षरशः पालना गर्ने आफ्नो प्रमुख दायित्व हुने बताएका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको रक्षा गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र गणतन्त्रलाई संस्थागत गर्न आफ्नो सहयोग हुने बताए।

Advertisement
ADVERTISEMENT

नेता पौडेलले भने, “नेपाली जनताको हातमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नु पर्नेछ, हालसम्मका परिवर्तनका उपलब्धिलाई रक्षा गर्दै मुलुकको उन्नति अगाडि बढाउने र राष्ट्रिय एकता तथा अखण्डतालाई सवल बनाउन काममा मेरो सहयोग हुनेछ ।”

उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न पार्टीका शीर्ष नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए । उनको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान छन् ।

यसैगरी उम्मेदवार पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मिुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

यसअघि शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्वकावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

शेयर गर्नुहोस:

108
Shares