मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रधानमन्त्रीले सत्ता समीकरणमा चलखेल गरे सरकारमा बस्दैनौँ : नेता भट्टराई

प्रधानमन्त्रीले सत्ता समीकरणमा चलखेल गरे सरकारमा बस्दैनौँ : नेता भट्टराई


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

रुकुम । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने स्पष्ट गरे ।

विभिन्न मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनले बताए । सत्ता समीकरण फेरिनु नहुने उनको भनाइ छ । छिटोछिटो सत्ता समीकरण फेरिँदा देशको छवि नराम्रो हुने उनले बताए ।

यसैबीच, उनले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उक्त सहमतिअनुसार नभए एमाले सरकारमा नबस्ने उनले बताए । पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरे । सोही सहमतिअनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनको भनाइ छ ।

“तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो”, उनले भने, “सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमतिअनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।”

शेयर गर्नुहोस:

270
Shares