मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिपायल । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुने गरी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरिनुपर्ने उनले बताए । उनले भने, “प्रधानमन्त्रीजस्तै राष्ट्रपतिका लागि पनि राष्ट्रिय सहमति भयो भने मुलुकको राजनीति र राष्ट्रिय एकता ठीक ढङ्गबाट अगाडि बढ्छ ।”

नेपाल चेम्बर अफ कमर्सले दिपायलमा आयोजना गरेको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा आएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले ऐतिहासिक समर्थनका साथ यो सरकारलाई संसदमा विश्वासको मत प्राप्त भएको भन्दै त्यस कुरालाई समेत सम्बोधन हुने गरी राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्न माओवादी केन्द्र लागिरहेको प्रष्ट पारे ।

उनले वर्तमान सरकार लोकतन्त्र, सङ्घीयता र संविधानको रक्षा गर्न कटिबद्ध भएर लाग्ने बताउँदै राजनीतिक परिवर्तनबाट भएका उपलब्धिलाई मध्यनजर गर्दै सरकार आर्थिक समृद्धि तथा सुशासनतिर अघि बढ्ने जानकारी दिए । सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सहमति र सहकार्य अपरिहार्य रहेकामा उनको जोड थियो ।

विकास निर्माणका आयोजना बोलपत्र भएर पनि समयमा काम सम्पन्न हुन नसकेकालाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

“सकेसम्म बाँकी काम गराउने हाम्रो उद्देश्य हो, तर काम सम्पन्न गर्ने स्थिति छैन भने हामी टुलुटुलु हेरेर बस्ने छैनौँ, बोलपत्र गरेर वर्षौँसम्म राज्य र जनतालाई नोक्सानी पुर्‍याउने काममा हामी छूट दिन सक्दैनौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “कि तुरुन्तै काम गराउँछौँ कि त बोलपत्र रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ ।”