मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेता भण्डारीको मुम्बईमा उपचार हुँदै, कांग्रेसद्वारा स्वास्थ्य लाभको कामना

नेता भण्डारीको मुम्बईमा उपचार हुँदै, कांग्रेसद्वारा स्वास्थ्य लाभको कामना

हिमालय खबर

शेयर गर्नुहोस:

810
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बुधबार राति एलजिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते गम्भीर भएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।

बुधबार राति घाइते भएका नेता डा भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरेको हो ।

आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद् डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

कांग्रेसद्वारा स्वास्थ्यलाभको कामना

नेपाली कांग्रेसले पार्टीका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई गम्भीर घाइते भएका नेता भण्डारीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

यस्तै उक्त घटनामा परी गम्भीर घाइते भएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

नेता डा भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँका कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको कांग्रेसले जनाएको छ ।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी ममतामयी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ । कांग्रेसले स्व हरिकलाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।