मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
नेपाल   

छैटौं बाह्रखरी गल्फ गोकर्णमा

छैटौं बाह्रखरी गल्फ गोकर्णमा


शेयर गर्नुहोस:

972
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित हरेक वर्ष बाह्रखरी मिडियाले आयोजना गर्दै आएको कार्यक्रम यसपटक काठमाडौंको गोकर्ण गल्फ कोर्समा आयोजना हुने भएको छ ।

यो वर्ष बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रम गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्ने सम्बन्धमा बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य तथा गोकर्ण गल्फ कोर्सका निर्देशक दिपक आचार्यका बीच सम्झौतामा शनिबार हस्ताक्षर भएको छ ।

विगत ६ वर्षदेखि गल्फ खेलको प्रवद्र्धनका साथै नेपालको आर्थिक समृद्धिको विषयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रचार, प्रसार गर्ने उद्देश्यसहित बाह्रखरीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

गत वर्ष प्रदेश १ को आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

baahrakhari golf (3)1676181164.jpg

वि.सं २०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस अघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाईमा गल्फ आयोजना गरिएको थियो ।

विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्वका साथ समाचार बनाएका थिए ।

baahrakhari golf (5)1676181309.jpg

बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा मुख्यतः नेपालमा दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम संचालन गर्न के कस्तो नीति, नियम र सरकारको कस्तो भूमिका हुनुपर्छ भन्ने विषय समाहित हुनेछ ।

विदेशबाट समेत नेपाल, दक्षिण एशिया र विश्वको वर्तमान आर्थिक अवस्था र भविष्यमा यसले लिने दिशाको विषयमा समेत छलफल गर्न तथा प्रवचन दिनका लागि अन्तर्राष्ट्रिय तहका विद्वानहरूको पनि यो कार्यक्रममा उपस्थिति हुने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

यस कार्यक्रममा गल्फ खेलसँग सम्बद्ध उद्यमी, व्यापारी तथा व्यवसायीका साथै अर्थविज्ञ, बुद्धिजीवी, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिको व्यक्तिको उपस्थिति हुनेछ ।

बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमको मिति, प्रस्तोता र गल्फ प्रतियोगितामा सहभागिताका विषयमा बाह्रखरी मिडियाले चाँडै नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।

शेयर गर्नुहोस:

972
Shares