मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौँ : मुख्यमन्त्री

जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौँ : मुख्यमन्त्री


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगरकमिटीले मध्यपुरथिमिमा आयोजना गरेको मुख्यमन्त्री र प्रदेश सांसद्लाई बधाई तथा शुभकामना कार्यक्रममा उनले भक्तपुरको आवश्यकता पहिचान गरेर विकासका योजना माग गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ थियो ।

“प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई कामकाजी भाषा बनाउने निर्णय गरेको छ, चालू आर्थिक वर्षमा लागू गर्ने गरी प्रदेशसभाले कानुन बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको छ”, उनले भने ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल मध्यपुरथिमि नगर सभापति एवं नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले जिल्लाको विकास तीव्र गतिमा गर्नुपर्नेमा जोड दिएका थिए ।

शेयर गर्नुहोस:

108
Shares