मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेललाई पितृशोक

युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेललाई पितृशोक


शेयर गर्नुहोस:

3.4k
Shares

  • change font
  • change font
  • change font

चितवन । चितवनको रत्ननगर-८, मोहना घर भई अमेरिकाको टेक्सस बस्दै आएका समाजसेवी एवं युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेललाई पितृशोक परेको छ । उनका बुबा प्रेमप्रसाद पौडेलको ८६ वर्षको उमेरमा बुधबार चितवनस्थित आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय प्रेमप्रसाद पौडेलका श्रीमती कौशिका पौडेल, छ छोरा र तीन छोरी रहेका छन् । टीका पौडेल माइलो छोरा हुन् । उनी बुबाको स्वास्थ्य र हेरविचारका लागि केही दिनदेखि नेपालस्थित घरमै रहेका थिए ।

Advertisement
ADVERTISEMENT

स्वर्गीय प्रेमप्रसाद पौडेलको बुधबार बेलुका हिन्दु संस्कारअनुसार देवघाटमा दाहसंस्कार गरिएको छ । पौडेल परिवारमा परेको शोकप्रति युलेस सिटी काउन्सिल पदाधिकारीलगायतले गहिरो दुःख व्यक्त गरेका छन् ।

हिमालयखबरका शुभचिन्तक टीका पौडेलको परिवारमा परेको शोकप्रति हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेलगायत सिंगो टिमले गहिरो दुःख व्यक्त गर्दै दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकाकुल परिवारजनमा धर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गरिएको छ ।

शेयर गर्नुहोस:

3.4k
Shares