मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

१५० देशका राष्ट्रगान गाउने रामजी नेपालीको ‘विश्व यात्रा’

१५० देशका राष्ट्रगान गाउने रामजी नेपालीको ‘विश्व यात्रा’


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

बागलुङ । चोक-चोकका चिया पसलमा होस् वा मेला महोत्सव नै किन नहोस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उनी नेपालको मात्रै होइन विभिन्न १५० भन्दा बढी देशका राष्ट्रगान गाउँछन् ।

उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसकेका छन् । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहेका उनी हाल ८२ देशका गान गाउने तयारीमा छन् ।

Advertisement

जिल्लाको बागलुङ नगरपालिका(६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्ष भयो जसले उनीलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ ।

सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थालेका नेपाली अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत गरी ११ देशको यात्रा गरिसकेका छन् । उनी जुन देशमा पुग्छन्, उही देशकै भाषामा राष्ट्र गान गाउँछन् । पछिल्लो २५ वर्षदेखि नेपाली गीतसङ्गीतमा आबद्ध उनले राष्ट्रगानमार्फत् विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताए ।

नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नका लागि आफूले विश्वका विभिन्न देशको राष्ट्रगान गाउँदै हिँडेको बताए । “हाम्रो देश नेपालमा कैयन धार्मिक तथा पर्यटकीय ठाउँ छन्, अहिलेसम्म यी ठाउँमा अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरुलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नका लागि विश्व यात्रा थालेको हुँ”, उनले भने, “विगतमा नेपालीका लागि गाउँथे भने आज विश्वका मानिसका लागि गाइरहेको छु ।”

संसार सामू नेपाल चिनाउनका लागि आफूले विश्वयात्रा तय गरेको नेपालीको भनाइ छ । राष्ट्रगानले विश्वलाई एक ठाउँ जोड्ने हुँदा आफू यो अभियानमा लागेको उनले बताए । राष्ट्रगानले आत्मीयता बढाउने र भाइचाराको सम्बन्ध बढाउने उनको अनुभव छ ।

उनले विश्व यात्राका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग जुटाउँदै आएका छन् । विश्व यात्रामा लागिरहँदा तीतामीठा दुवै अनुभूति रहेको उनी सम्झन्छन् । उनी भन्छन्, “जसले पनि आफ्नो देशलाई माया गर्छ, त्यसले गर्दा आत्मसम्मानको अनुभूति गर्दा रहेछन्, जुन देशको राष्ट्रगान हो त्यही देशको भाषामा गाउँदा उनीहरुलाई गर्व लाग्दोरहेछ त्यसले सम्बन्ध जोड्न मद्दत गर्ने रहेछ ।”

यात्राका क्रममा उनले पैदल, गाडीदेखि जहाजसम्म जे भेटिन्छ त्यसैमा यात्रा गर्ने गरेका छन् । तर, सबैभन्दा पैदल यात्रामा आनन्द हुने उनको अनुभव छ ।

शेयर गर्नुहोस:

270
Shares