मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गतका आयोजनाको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्रधानमन्त्रीले पदवहालीका क्रममा र संसद्मा प्रतिबद्धता जनाएअनुरूपका कामको प्रगतिबारे सचिवहरूसँग ब्रिफिङ लिएको उल्लेख गरिन् । “सचिवहरूको बैठकमा प्रधानमन्त्रीले जिम्मेवारी लिएपछि सबै मन्त्रालयका सचिवलाई एकीकृत कार्ययोजना ल्याउन निर्देशन दिएका थिए ।

एकीकृत कार्ययोजनाको कार्यान्वयनको स्पष्ट मापदण्डसहित आज प्रधानमन्त्रीसहित सबै उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोग, सबै मन्त्रालयका सचिवको उपस्थितिमा छलफल भएको थियो ।

उक्त छलफलले सबै मन्त्रालयअन्तर्गतका योजनालाई आगामी बजेटको केन्द्रविन्दुमा राखेर निश्चित समयावधिमा कार्यान्वयन गर्नेगरी योजना समावेश गरिएको र सोको कार्यान्वयनका लागि सबै योजना अगाडि बढाउन प्रधानमन्त्रीले गम्भीरतापूर्वक निर्देशन दिएको सञ्चारमन्त्रीले जानकारी दिए ।

त्यसैगरी प्रधानमन्त्री दाहालले राजनीतिक संयन्त्र र प्रशासनिक संयन्त्रको बीचमा हुने अन्योललाई चिर्न यस किसिमको छलफललाई निरन्तरता दिन र सबै मन्त्रालयको एकीकृत कार्ययोजनाको कार्यान्वयन र अनुगमन गरी मुलुकको अर्थतन्त्रमा सुधार गर्नेगरी काम गर्न आग्रह गरेका छन् ।

राहदानी वितरण व्यवस्थित गर्न प्रधानमन्त्रीले पदबहालीकै क्रममा सचिवलाई निर्देशन दिएको र उक्त विषय अझै पनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

छलफलमा सबै सरोकारवालाले अघि बढेका कार्ययोजनाको कामलाई समयावधिभित्रै सक्नेगरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पनि सञ्चारमन्त्री शर्माले जानकारी दिए ।

सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री शर्माले संसद्लाई सक्रिय र प्रभावकारी बनाउन सरकारले विधेयक अघि बढाउने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको पनि जानकारी दिइन् ।