मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सबै दलले लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली

सबै दलले लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताए । उनले भने, “सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ ।”

बहस र तर्कले जनताको पेट नभरिने र उद्योग पनि नफस्टाउने भन्दै उनले प्रश्न गरे, “कहिले देश र जनताप्रति इमान्दार भएर राजनीति गर्ने ?” बदलिँदो अवस्थामा राजनीतिक दल र सरकार नयाँ ढङ्गले अघि बढनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले राजनीति स्थिर भएन भने नागरिक र लोकतन्त्रमा असर पर्ने धारणा राखे ।

वर्तमान सरकारलाई आफूहरुले पूर्ण र रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वका लागि अपिल गरे । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र समृद्धिमा खेलेको भूमिका र प्राप्त उपलब्धिबारे जानकारी गराउँदै कमजोर बन्दै गएको आर्थिक अवस्था उकास्न गठबन्धनको सरकारले भूमिका खेल्ने बताए ।

“वर्तमान सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अघि बढाउँछ । अर्थतन्त्रको समस्या, स्टे«स र अर्थतन्त्रमाथिको दबाबलाई सम्बोधन गर्न कदम चाल्न सुरु भइसकेको छ,” उनले भने । अध्यक्ष ओलीले आगामी १० वर्षमा समृद्ध नेपाल सुखी नेपालीको माध्यमबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति गर्ने दाबी गरे ।

यसअघि अध्यक्ष ओलीले गठबन्धनको सरकारको साझा न्यूनतम कार्यक्रमबारे चर्चा गरिरहँदा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा प्रवेश नै नपाएको कार्यक्रमबारे बैठकमा भनाइ राख्न नमिल्ने भन्दै आपत्ति जनाएका थिए ।