मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
मुख्य समाचार   

‘कोभिड-१९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल‘

‘कोभिड-१९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल‘

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न (पिएचइआइसी) गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो ।

कोभिड १९ बाट भएको मृत्यु दर विश्वव्यापीरूपमा वृद्धिको बीचमा यो घोषणा आएको हो । शुक्रबार कोभिड–१९ महामारीको त्रैमासिक मूल्याङ्कन बैठकपछि, डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन (२००५) आपतकालीन समितिले पिएचआइसी सोमबार घोषणा गर्‍यो । जसलाई डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले सहमति जनाएका छन् ।

कोभिड–१९ स्वास्थ्य प्रणालीमा ठूलो नोक्सानी पुर्‍याउने क्षमता भएको खतरनाक सङ्क्रामक रोग बनेको छ । समितिले कोभिड–१९ महामारीले सङ्क्रमणको विन्दुनजिक पुगेको स्वीकार गर्दै विज्ञप्तिमा प्रकाशन गरेको छ ।

यद्यपि सङक्रमण वा खोपले विश्वव्यापी रूपमा जनसङ्ख्याको प्रतिरोधात्मक क्षमताको उच्च स्तरमा पुर्‍याउन सक्छ र रोग र मृत्युदरको प्रभावलाई सीमित गर्न सक्छ । ‘यसमा कुनै शङ्का छैन कि यो भाइरस निकट भविष्यको लागि मानिस र जनावरहरूमा स्थायी रूपमा स्थापित रोगजनक रहनेछ,“ समितिले जानकारी दिएको छ । सिन्ह्वा