मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   
मुख्य समाचार   

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० जनाको मृत्यु

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० जनाको मृत्यु


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

पेशावर । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घन्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नको लागि सबै आशा गुमाएँको थिए ।’

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको एएफपीलाई बताएका छन् । एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् ।

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई भने कि मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका बताएका छन् ।

‘आज बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौं ताकि हामी थप शवहरू निकाल्न सकौं, तर हामी कोही पनि बाँचेकाहरु फेला पर्ने आशामा छैनौँ,’ प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले एएफपीलाई बताएका छन् ।

प्रार्थना सुरु गरेको केही सेकेन्डपछि विस्फोट भएको र ‘मैले कालो धुवाँ आकाशमा उठेको देखेँ , म आफ्नो ज्यान बचाउन बाहिर भागेँ, ४७ वर्षीय प्रहरी अधिकारी शाहिद अलीले एएफपीलाई बताए । एएफपी

शेयर गर्नुहोस:

108
Shares